Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तरीमा पिकपले ठक्कर दिँदा पैदलयात्री ५५ वर्षीय पुरूषको मृत्यु

सप्तरी । सप्तरीमा पिकप अनियन्त्रित भएर पैदल यात्रीलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर ६ रत्वालास्थित स १ च १६८३ नम्वरको पिकपले ठक्कर दिएको हो ।

ठक्करबाट सोही ठाउँका ५५ वर्षीय दुखीलाल लेखीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लेखीलाई स्थानीय धर्मेश्वर अस्पतालमा उपचारपछि थप उपचारको लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पिकप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077