Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सत्ता गठबन्धन झगिडया हुन्, झगडियाको काम मुद्दा लड्ने हो चुनाव लड्ने होइन : ओली

    सत्ता गठबन्धन झगिडया हुन्, झगडियाको काम मुद्दा लड्ने हो चुनाव लड्ने होइन : ओली

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई झगडियाको संज्ञा दिएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई ‘जनताको आँगनमा लगेर पछारिदिने’ पनि बताए ।

    सत्तारुढ गठबन्धनप्रति लामो समय कटाक्ष गरेका ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् ।



    उनले भने–‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको काँचो सिसाको गठबन्धन हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झगडियाको काम मुद्दा लड्ने हो ।’



    त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।

    कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने–‘कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे । कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त ।’

    वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याउनु आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने–‘बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार छँदैछ । त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लिएर जानुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार