Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमले डेटाको शुल्क घटाउने

    नेपाल टेलिकमले डेटाको शुल्क घटाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 870
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगिता पहाडीले डेटाको शुल्क घटाउने तयारी भइरहेको जानकारी दिइन् ।



    ब्याण्ड विथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पारिन् । तर, त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् ।



    कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार