Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले चैत ११ गतेका लागि बोलायो केन्द्रीय समितिको बैठक, यी हुन एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै, बैठकको अर्को अजेन्डाका रुपमा संसदीय समिति गठनको विषय पनि समेटिएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077