Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईविरूद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

खेलको चौंथो ओभरमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले यूएईका चिराग सुरीलाई व्यक्तिगत ६ रनमा विकेट किपर आसिफ शेखको हातबाट स्टम्पिङ गराएका हुन्।

नेपालले खेलमा बिनोद भण्डारीको ठाउँमा आसिफलाई विकेट किपिङ गराएको छ। भण्डारीको ठाउँमा कमलसिंह ऐरीले मौका पाएका छन्।।

यसअघि भएको आफ्नो पहिलो खेलमा यूएई र नेपाल दुबैले  पपुवा न्यु गिनीलाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077