Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेन संकटबारे अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता हुँदै

    युक्रेन संकटबारे अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजसाँझ टेलिफोन वार्ता हुने भएको छ ।

    बाइडेन र सीबीच युक्रेनमाथि रूसले गरेको आक्रमणबारे कुराकानी हुन लागेको हो । फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए ।



    अमेरिकालगायत पश्चिमा मुलुकहरूले रूसी आक्रमणको विरोध गर्दै रूसमाथि अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन् भने युक्रेनलाई हतियारसहित विभिन्न कुरा सहयोग गरिरहेका छन् ।



    चीनले भने युक्रेन र रूसको इतिहास निकै जेलिएको भन्दै यसबारेमा प्रतिक्रिया दिएको छैन। राष्ट्रसंघमा भएका केही मतदानमा ऊ रूस र युक्रेनको पक्षमा नलागी तटस्थ बसेको छ। पछिल्लो समय चीनले रूसलाई सैनिकलगायत अरू सहयोग गर्न लागेको चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार