Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले सोधे- चुनाव नहुने हल्ला छ त ? मतदानको दिनसम्म चलिरहन्छ : देउवा

काठमाडौँ । सत्तारूढ तीन दलका शीर्ष नेताको बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बैठकमा वैशाख ३० गते हुने स्थानीय चुनावका विषयमा छलफल भएको थियो।

उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव हुँदैन भन्ने हल्लाबारे जिज्ञासा राखेका थिए। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले उक्त भेटमा भएको कुराकानीबारे जानकारी दिएका थिए ।‘मैले प्रधानमन्त्रीलाई सोधें- चुनाव नहुने हल्ला छ त ? उहाँले यस्तै हो नेपालमा भोट हाल्ने दिनसम्म चुनाव हुन्न भन्ने हल्ला चलिरहन्छ भन्नुभयो,’ प्रचण्डले भने,‘अहिलेसम्म चुनाव नहुने भन्ने कहीँ कतै छैन। हामीहरू तयारीमा केन्द्रीत हुनुपर्छ।’

प्रचण्डले तत्काल एमालेसँग गठबन्धन गर्ने सम्भावना नरहेको भए पनि आफूले त्यो हुँदै हुँदैन भन्न नसक्ने बताए।‘मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरूको खेल हो भनेर। त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,’ प्रचण्डले भने,‘एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भर पर्छ। अहिले केही कांग्रेसी नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ।’

नेताहरूले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारूढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उनले बताए।‘हामी सबै दल आ-आफ्नै एजेन्डा लिएर चुनावमा जाने कुरा प्राथमिक हो। गठबन्धनका दलहरूबीच तालमेल गर्ने कुरा सेकेन्डरी हो। प्रचण्डले भने सबै ठाउँमा हुँदैन, कुनै कुनै ठाउँमा हुन पनि सक्छ |

एमसिसी पास गरिसकेपछि नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी पार्टी छोडेर गए हुन्छ भनेकोबारे सोधेको प्रश्नमा प्रचण्ड त्यो कुरा पुरानो भइसकेकाले घाउ नकोट्याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077