Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधाममा बिहीबार र शुक्रबार मासु-मदिरा निषेध

जनकपुरधाम ।  जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको छ ।

मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) सुरेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलद्वारा जारी सूचनामा लागूऔषध, मदिरा, भाँग र अन्य उत्तेजक मादक पदार्थ खाएर सबारी साधन चलाउन, हुलहुज्जत गर्न, चर्काे स्वरमा बाजा बजाउन र डिजे संचालन नगर्न भनिएको छ ।

यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सबारीसाधनबाट रकम असुल्ने जस्ता अराजक कार्य पनि नगर्न सचेत गराइएको छ ।

उपरोक्त कार्यहरु गरेको पाइएमा प्रचलित कानुन अनुसार कार्वाही हुने सिडीयो पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077