Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • जबराविरुद्धको महाअभियोग प्रस्ताव लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको एमालेको निष्कर्ष

    जबराविरुद्धको महाअभियोग प्रस्ताव लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको एमालेको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आज बसेको संसदीय दलको बैठक सकिएको छ ।

    बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको हो ।



    अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए ।



    ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरु अगाडि बढनुभएको छ । यस्तो बेला नेकपा एमालेले यसलाई नंग्याउने भण्डाफोर गर्ने काम नेकपा एमालेले गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकपछि पत्रकारसँग कुरा गर्दै भने ।

    अदालतलाई सत्ता गठबन्धनको मतियार बनाउने संकेत देखिए एमालेले प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार