Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोपेली परिषद् त्याग्ने रुसको घोषणा

काठमाडौँ । रुसले युरोपेली परिषद् (सीओइ) त्याग्ने घोषणा गरेको छ ।

युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैले परिषद् त्याग्ने घोषणा गरेको हो ।

सीईओ त्याग्ने घोषणासँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ ।

युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषदको सदस्यता त्यागेको थियो ।

युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्न नपाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077