Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाडीमा गोलाबारी हुँदा दुईजना पत्रकार युक्रेनमा मारिए

एजेन्सी । युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकार मारिएका छन् ।

अमेरिकी नेटवर्कका कर्मचारीहरूका अनुसार कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको हो ।

उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल , घाइते भएका छन् र हाल अस्पतालमा उपचाररत छन् । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि हृदयविदारक दिन भएको बताइन् ।

स्कटले जाक्रजेव्स्की को पत्रकारको रूपमा जोश र प्रतिभा बेजोड रहेको जिकिर गरिन् । जाक्रजेव्स्की एक युद्ध क्षेत्र फोटोग्राफर थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077