Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धमाधम बजेट निर्माणको तयारीमा सरकार, कृषि उच्च प्राथमिकतामा

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मंगलवार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माण शुरू भएको सन्देश दिन छलफल गरिएको जानकारी दिए ।

प्रत्येक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेपनि उत्पादन वृद्धि हुन नसकेको तथा आयात बढेकाले केषिमैत्री नीति र बजेट तर्जुमाका लागि सहयोग गर्न उनले आग्रह गरे ।

छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव संकलनको शुरूवात कृषिबाट गरिएको बताए । अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077