Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होलीमा जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई कारवाही हुने सप्तरी प्रशासनको चेतावनी

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरस्ती) रङ, लोला अवाञ्छित क्रियाकलाप कार्य नगर्न आग्रह गरेको छ ।

आज (मंगलबार) सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) जनार्दन गौतमले एक सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको उपलक्ष्यमा जिल्लाबासीलाई शुभकामना दिदैँ चाडपर्वको नाममा कसैको इच्छा विपरित रंग तथा लोला नहाल्न आग्रह गरेका हुन् ।

‘चाडपर्व मनाउने क्रममा कसैको इन्छा विपरित रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन जिल्ला बासीमा हार्दिक अपिल गर्दछ’, सूचनामा लेखिएको छ ।

चाडपर्वको नाममा अवाञ्छित एवम् कानून विपरित कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही हुने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077