Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह चुनावका लागि मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढेकाले मतदान स्थल र मतदान केन्द्रको संख्यासमेत थप हुने जानकारी दिएका हुन् ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम गरिएको थियो । आयोगले यसपटक भने १० हजार ७ सय ५६ मतदान स्थल र मतदान केन्द्रको संख्या २२ हजार ५ सय पुयाउनेगरी तयारी अघि बढाएको हो । मतदान स्थलभित्रै मतदान केन्द्र कायम हुनेछन् ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार मतदाता संख्या कायम थियो । यसपटक भने मतदाता संख्या १ करोड ७८ लाख पुग्ने आयोगको अनुमान छ । यो संख्या कायम भए अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा ३८ लाख मतदाता बढी हुनेछन् ।

आयोगका अनुसार एक मतदान केन्द्रमा १ हजारसम्म मतदातालाई मतदान गर्ने गरी व्यवस्था मिलाइन्छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077