Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूबाट दुई गम्भीर गल्ती भएको प्रचण्डको खुलासा, यस्ता छन् दुई गल्ती ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट आफूबाट दुई गम्भीर गल्ती भएको खुलाएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले ती गल्तीको नतिजा अहिले माओवादीले भोगिरहेको कार्यकर्ता माझ स्वीकार गरेका हुन् ।

पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको स्वीकार गरेका हुन् । यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डको भनाई छ ।

'जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो,'उनले भने,'उनै राष्ट्रपति बन्न खोज्दा दिइएन ।’ 'खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ,' उनले भने ।

यसैगरी तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको प्रचण्डले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077