Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको नाममा एनआरएनएमा आतंक

काठमाडौँ । गैर आवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा आतंक फैलिएको छ।

माओवादी केन्द्र निकट प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माद्वारा हस्ताक्षेरित गोप्य सर्कुलरमा प्रचण्डको निर्देशन दायाँ बायाँ गर्ने छुट कसैलाई पनि नभएको भन्दै धम्की दिइएपछि आतंक फैलिएको हो ।

गत २४ गते आफू मातहतका कमिटीहरुलाई सर्कुलर गरेको ६ बुँदे परिपत्रमा अध्यक्ष प्रचण्डको नाम जोडेर कार्यकर्तालाई सर्कुलर गरिएको छ ।

सर्कुलरको छैठौँ बुँदामा ‘यही फागुन २३ गते नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा समेत एनआरएनएको विषय उठेकाले प्रतिगमनकाविरुद्ध बनेको गठबन्धनभन्दा बाहिर दायाँबायाँ गर्ने कसैलाई छुट नभएको कुरा अध्यक्ष कमरेड प्रचण्डबाट निर्देशन भएको जानकारी समेत गराइन्छ’ भनिएको छ ।

कतिपय कार्यकर्ताले शर्माले आफ्नो जिम्मेवारी प्रचण्डको टाउकोमा थुपारेर धम्की दिएको आरोप लगाउँदै उक्त धम्कीलाई उलंघन गरिदिएका छन् । तर, अध्यक्ष प्रचण्डकै नाम लिएर आतंक मच्चाउँदै एनआरएनएको घोषित निर्वाचनमा माओवादी केन्द्रप्रति आस्था राख्ने ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077