Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस धनुषाको सभापतिमा निधि निकट पजियार विजयी

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा विजयी भएको हो ।

यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो ।

पहिलो चरणमा तेस्रो भएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए।

सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077