Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सामाजिक सञ्जालमा भाइरल ‘फेक पोष्ट’ बारे प्रचण्ड बोले-बिच्छिप्त भएकाहरुले कुप्रचार गरे

    सामाजिक सञ्जालमा भाइरल ‘फेक पोष्ट’ बारे प्रचण्ड बोले-बिच्छिप्त भएकाहरुले कुप्रचार गरे

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सुर्खेतको सिटी हलमा आक्रोशित केही युवाहरुले ढुंगा प्रहार गरेको खबर आज दिनभर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    ढुंगा प्रहारबाट प्रचण्डको चस्मा फुटेको र प्रहरीले ढुंगा प्रहार गर्नेलाई पक्राउ गरिसकेको उक्त पोष्टमा उल्लेख थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हुँदै नभएका घटनाको प्रचार भएपछि खण्डन गर्न बाध्य भएका छन् ।



    यो कुरा थाहा भएपछि आफूलाई हाँसो उठेको प्रचण्डले टिप्पणी गरेका छन् । चुनावमा बढारिने भयले बिच्छिप्त भएकाहरुले यो प्रचार गरेको आरोप लगाएका छन् ।



    ‘कर्णालीको भव्य र सभ्य कार्यक्रम काठमाडौंमा दुव्यर्वहार भयो भनेर कुप्रचार गरिएर भाइरल बनाइयो रे, मलाई हाँसो उठ्यो,’ प्रचण्डले भनेका छन्, ‘एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले यो प्रचार गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार