Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत विधानसभा निर्वाचन : यूपीका मुख्यमन्त्री योगी विजयी, उत्तराखण्डका धामी पराजित

काठमाडौं । नेपालसँग सिमा जोडिएका भारतका दुई राज्यमा विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।

नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम सार्वजनिक भएको हो । निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए । तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन् ।

दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए । प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुनस् बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएका छन् ।

पुर्ख्यौली थलो नेपाल भएका र नेपालमा थुप्रै नातासम्बन्ध भएका धामी भाजपाबाट खटिमा क्षेत्रमा चुनाव लडेका थिए । उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन् ।

यस्तै गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने भारी मतले विजयी भएका छन् । पहिलोपटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका योगीले कीर्तिमानी जीत हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077