Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : ७९ दलले चुनावमा भाग लिन पाउने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा दलमध्ये ७९ दललाई मान्यता दिएको छ ।

निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए । ती मध्ये आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।

आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो । ऋषि कट्टेल नेतृत्वको दल भने दर्ता नभएको आयोगले जनाएको छ ।

आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार गरिएको आयोगको भनाई छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077