काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।
‘मैले सुनेको छु, मतपत्रको रङ हरियो राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, ओलीले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको आरोप समेत लगाए ।