Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रीय कमिटी बैठक: पार्टीको निर्णयमा तीन नेताको 'नोट अफ डिसेन्ट'

काठमाडौं । नेकपा माओवादी केन्द्रले गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबारेको निर्णयमा पार्टीका तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

‘नोट अफ डिसेन्ट’ दर्तागराउनेहरुमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महरा रहेका छन् ।

उनीहरुले पार्टीको निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका हुन् । नोट अफ डिसेन्टबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् ।

गत शुक्रबारदेखि सुरु भएको बैठक आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने माओवादीको तयारी रहेको छ ।

बैठक अहिले जारी रहेको छ। बैठकमा अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077