Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थको म‍ूल्य सन् २००८ यताकै सबैभन्दा उच्च

एजेन्सी । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ।

एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क 'ब्रेन्ट क्रूड' बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर पछि १३० डलरभन्दा कममा आइपुग्यो।

एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ। रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ।

पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077