Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्ता छन् एनआईसी एशियाको ‘कर्मचारी तलब बचत खाता’ का विशेषताहरु

    यस्ता छन् एनआईसी एशियाको ‘कर्मचारी तलब बचत खाता’ का विशेषताहरु

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । २४ वटा सर्वश्रेष्ठ सुविधाहरुसहितको ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएर आम ग्राहकहरुको मन मस्तिष्कमा बस्न सफल एनआइसी एशिया बैंकले ‘कर्मचारी तलब बचत खाता’मा समेत विभिन्न अफर ल्याएको छ । बैंकले सरकारी तथा गैर सरकारी कार्यलय तथा संस्थाका कर्मचारीहरूलाई खाता खोल्न प्रोत्साहित गर्दै यस्ता अफर ल्याएको जनाएको छ ।

    बैंकले कर्मचारीहरुको खाता खोल्नका लागि मात्रै नभई एनआईशी एसिया बैंक र संस्थाहरूबीच विशिष्ट सम्बन्ध स्थापना गर्नका लागि पनि यस प्रकारका अफरहरू ल्याइएको जनाएको छ । एनआईसी एशिया बैंकले विगत केही वर्षहरूमा आफूलाई पूँजी, वित्तीय विवरण, शाखा तथा एटिएम सञ्जाल लगायतका क्षेत्रहरूमा देशकै सबैभन्दा ठूला बैंकको रुपमा स्थापित गरिसकेको छ ।



    एनआइसी एशिया बैंकले हाल बैंकिङ्ग उद्योगमा रहेका तलबी खाताहरू मध्ये पनि अझ उत्कृष्ट सेवा सुविधाहरू भएको अतुलनीय एवं विशिष्ट तलबी खाताहरू सुरु गरेको हो ।



    बैंकका अनुसार कर्मचारी तलब बचत खातामा ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ प्रकारको अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।

    ग्राहकको बैंकिङ्ग आवश्यकतालाई गहन रुपमा अध्ययन विश्लेषण गरी सो आवश्यकताहरू परिपुर्ति गर्न, असिमित बैंकिङ्ग अनुभव प्रदान गर्न एवं हर्षमा वृद्धि गर्ने उद्धेश्यले बैंकले यो अफरमा मा थुप्रै प्रकारका विशेषताहरू थप गरेका जनाएको छ ।

    बैंकले प्रस्ताव गरेको सर्वश्रेष्ठ तलब खाता तीन भिन्न प्रकारका विशेषताहरूमा उपलब्ध छन् । जुन विविध प्रकारका संस्थाहरूको आ–आफ्नो विशिष्ट आवश्यकताहरू परिपुर्ति गर्नका लागि डिजाइन गरिएको हो ।

    न्यूनतम मौज्दात शुन्य रहेको उक्त खातामा एनआईसीले ८.०३ प्रतिशत ब्याज दिनेछ । सम्बन्धित कार्यालयहरुमा नै गएर एनआईसी एशियाले खाता खोलिदिने हुँदा ग्रहकहरुलाई बैंकसम्म धाउनु पर्ने झन्झट पनि पर्दैन । उक्त खातामा बैंकले ४० लाखसम्मको दुर्घटना बीमा, ४० लाख सम्मको घातक रोग बीमा र औषधी उपचारबापत ओपीडीमा ८० हजार तथा अस्पताल भर्नामा ३ लाख २० हजार गरी ४ लाखसम्मको बीमा हुने पनि बैंकले जनाएको छ । उक्त बीमा खातावालालाई मात्र नभई खातावालाले तोकेका अतिरिक्त ३ जनालाई पनि हुनेछ ।

    त्यसैगरी बैंकले सम्पत्ति अभिगृद्धि सुविधा अन्तर्गत डिम्याट खाता र मेरो सेयर शुल्क ५ वर्षका लागि निशुल्क र पोर्टफोलियो म्मानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेको छ । त्यस्तै ३ महिनाको औषत मौज्दातको १० गुणासम्म कर्जा पनि पाइने छ । त्यस्तै कर्मचारी तलव खातामा डेविट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैकिङ ५ वर्षका लागि निशुल्क हुनेलगायत विभिन्न विशेषताहरु रहेका छन् ।

    बैंकले प्रस्ताव गरेको यस तलब बचत खाताहरू ग्राहकहरुको व्यवसायिक आवश्यकतालाई गहन अध्ययन विश्लेषण गरे पश्चात् विकास गरिएको जनाएको छ । आफ्नो यो अफरले कार्यालय र संस्थामा यस स्किम मार्फत निकै ठूलो व्यावसायिक योगदान दिन सक्नेमा बैंक भन्नेमा विश्वस्त रहेको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    बैंकले हाल ३० लाख भन्दा बढि ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको जनाएको छ । बलियो डिजिटल क्षमताहरू कार्यान्वयन गरी देशकै अग्रणी बैंक बन्न सफल भएको छ बैंकको दाबी छ ।

    ‘सर्वश्रेष्ठ बचत खाता’ लाई थप परिस्कृत
    सेवाग्राही तथा ग्राहकहरुको उत्साहजनक सहभागितापछि बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ लाई अझ परिस्कृत गर्दै लगेको छ । बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजनालाई सफल बनाउने सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरुलाई कृतज्ञतासमेत व्यक्त गरेको छ ।

    बैंकले ग्राहकलक्षित सर्वश्रेष्ठ बचत खाता यही २०७८ कात्तिक १ देखि सञ्चालनमा ल्याएको थियो । बैंकले सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको थियो । आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरुलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी बनाई बैंकको नीति तथा रणनीति अनुरुप बैकिङ क्षेत्रका सबै सुविधाहरु समेटेर सर्वश्रेष्ठ बचत खातालाई सञ्चालनमा ल्याएको थियो ।

    ‘सर्वश्रेष्ठ बचत खाता’ योजनालाई थप परिस्कृत गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार