Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले निकाल्यो राँके जुलुस

काठमाडौं । राप्रपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँके जुलुस निकालेको छ ।

शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयबाट चावहिलसम्म राँके जुलुस निकालेको हो ।

उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन भएको हो ।

मूल्यवृद्धिको विरोधमा आइतवार चावहिलमा दिउँसो १ बजे चक्काजाम गर्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077