Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद‍् सचिवालय अनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

    नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ब्याच समेत लगाइदिएका छन्। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको थियो।



    पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते निर्वाचन भएको थियो ।



    सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

    गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

    यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

    एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह ९गरिमा० निर्वाचित भएका थिए ।

    नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

    माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

    गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो (फागुन २० गते)देखि समाप्त भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार