Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्ना नागरिकहरूलाई तत्काल रसिया छाड्न फ्रान्सको आग्रह

एजेन्सी । फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण, रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि रसिया छोड्न कडा आग्रह गरेको छ ।

'रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,' बिहीबार विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरुलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि 'अप्रत्यक्ष' उडानहरूको 'गैर–विस्तृत' सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भन्नु भएको छ । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । तर रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077