Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमाथि गोलाबारी भइरहँदा रुसमा राष्ट्रपति पुटिनविरुद्ध जनता सडकमा उत्रिए

एजेन्सी। रुसले युक्रेनमा गरेको आक्रमणको अमेरिका, बेलायतलगायत धेरै देशले आलोचना गरिरहेका छन् भने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको रुसमा पनि विरोध भइरहेको छ ।

युक्रेनमा भएको आक्रमणको विरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा विरोध प्रदर्शन भएको छ ।
तर, यी प्रदर्शन नयाँ भने होइनन् । यी प्रदर्शनहरू सबै प्रहरी र सुरक्षाकर्मीहरूको उपस्थितिमा भइरहेको छ।

यस क्रममा कैयौं व्यक्ति पक्राउ पनि परेका छन् र उनीहरुलाई तितरबितर गर्न प्रहरीले हिंसात्मक रूप लिनुपरेको छ ।

यी प्रदर्शनका पछाडि राष्ट्रपति पुटिनका कट्टर प्रतिद्वन्द्वी नाभल्नीको आह्वानलाई आरोप लगाइएको छ, जुन उनले जेलमा परेका बेला गरेका हुन्।

रुसका जनतालाई सम्बोधन गर्दै उनले आह्वान गरे – रुस डरपोक कायरको देश हुनुहुँदैन ।

जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभल्नीले हिजो रुस शान्तिप्रिय देश बन्न चाहन्छ भनी अपील गरे तर अफसोस, अब धेरै कम मानिसले यसलाई 'शान्तिपूर्ण देश' भन्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077