Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले हवाई क्षेत्र उल्लंघन गरेको स्वीडेनको आरोप

एजेन्सी । स्वीडेनको सेनाले चार रुसी लडाकु विमानले हवाई क्षेत्रको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाएको छ ।

सबै युरोपेली देशहरू जस्तै स्वीडेनले पनि रुसमाथि आफ्नो आन्तरिक हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यद्यपि, स्वीडेन नाटोको सदस्य होइन।

तर, स्वीडेनले गत सोमबारदेखि रुसमाथि यो प्रतिबन्ध लगाएको छ ।

युक्रेनमा भएको आक्रमणलाई लिएर युरोपका धेरै देशले रुसमाथि सबै प्रकारका आर्थिक, व्यावसायिक र यात्रा प्रतिबन्ध लगाएका छन् ।

स्वीडेनको सेनाले जारी गरेको आधिकारिक विज्ञप्तिमा रुसी लडाकु विमानले आफ्नो क्षेत्रमा घुसपैठ गरेको बताएको छ । सेनाले यसलाई 'गैरजिम्मेवार' भनेको छ।

यो आक्रमण बाल्टिक सागरमा भएको थियो र धेरै छोटो समयको लागि थियो। -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077