Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सेनाद्वारा समुद्री डाकुको शैलीमा युक्रेनको मारियुपोलमा भीषण आक्रमण, सयौंको मृत्यु

एजेन्सी। रुसी सीमा नजिकैको दक्षिणपूर्वी सहर मारियुपोलमा सयौं युक्रेनी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । रुसी सेनाले यहाँ लगातार बमबारी गरिरहेको छ ।

युक्रेनी अधिकारीहरूले यस आक्रमणमा ठूलो संख्यामा मानिसको मृत्यु भएको आशंका गरेका छन् । सहरका उपमेयर सर्गेई ओर्लोभले यहाँ एक लाख ३० हजार मानिस बसोबास गर्ने बताए । बम विष्फोटमा पुरै ध्वस्त भएको छ ।

उनले बीबीसीलाई फोनमा भने, 'हामीले बम विष्फोटमा मारिएकाहरूको गणना गर्न सम्भव छैन। उनीहरुको शव पनि उठाउन सकिन्न ।'

उनले भने, ‘रुसी सैनिकले सबै प्रकारका हतियार प्रयोग गरिरहेका छन् । तिनीहरूले तोपहरू, धेरै रकेट प्रक्षेपण प्रणालीहरू, विमानहरू र रकेटहरूद्वारा आक्रमण गरिरहेका छन्। उसले सारा सहरलाई ध्वस्त पार्न खोजेको छ।

ओर्लोभले  रूसी सेनाले शहरलाई चारैतिरबाट घेरा हालेको वताए । यो शहरबाट केही किलोमिटर मात्र टाढा छ।

'युक्रेनी सेना धेरै साहसी छ र शहरको रक्षा गर्न जारी राख्नेछ,' डेपुटी मेयरले भने। तर रुसी सेनाको लड्ने तरिका समुद्री डाकुहरू जस्तै छ। उनी आफ्नो सेनाद्वारा लडिरहेका छैनन्। उनीहरुले जिल्लालाई नै ध्वस्त पार्न खोजिरहेका छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077