Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश राणामाथिको महाअभियोग पारित गर्न बार एशोसिएशनको माग

काठमाडौँ । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव तत्काल पारित गर्न माग राखेको छ।

मंगलबार राजधानीमा सम्पन्न एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले राणामाथिको महाअभियोग प्रस्ताव पारित गर्न माग गरेको हो।

यस्तै, सम्मेलनले ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता: व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ विषयमा छलफल गरेर २४ बुँदे घोषणा पत्र समेत जारी गरेको छ।

‘निलम्बित प्रधानन्यायाधीश राणाविरूद्धको प्रस्तावमाथि यथाशिघ्र कारबाही प्रारम्भ गरी पारित गर्न एशोसिएशनको यो सम्मेलन माग गर्दछ,’ घोषणापत्रको बुँदा नम्बर दुईमा उल्लेख छ। यद्यपि उनको बहिर्गमन नै न्यायपालिकाको सुधारको सम्पूर्ण आधार नभएको र केबल सुधारको प्रस्थान विन्दुमात्रै भएको सम्मेलनको बुझाइ छ।

यसैगरी, घोषणापत्रको तेस्रो बुँदामा शंकास्पद भूमिका देखिएका सर्वोच्च तथा अरू अदालतका न्यायाधीशहरूको सम्बन्धमा समेत छानविन प्रक्रिया अघि बढाएर कारबाही गर्न माग गरेको छ।

हेर्नुहोस् घोषणा पत्रको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077