Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबारबाट एसईई प्रश्नपत्र छपाइ गर्ने तयारी, तीन तहको सुरक्षा घेराभित्र छपाइ हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् ।

नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले प्रश्नपत्रसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए

। प्रश्नपत्र छपाइ गर्न उनीसहितको टोली बिहीबार जनक शिक्षा प्रवेश गर्नेछन् । यस वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी भएको बताए पनि छपाइ गरेकै प्रश्नपत्र उपलब्ध गराउने भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077