Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र माधवले कार्यकर्ताहरु उकासेर बाटो भत्काउन लगाए: ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कार्यकर्ता उकासेर बाटो भत्काउन लगाएको आरोप लगाएका छन्।

मंगलबार एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा ओलीले भने, ' प्रचण्ड र माधव नेपालले कार्यकर्ता उकासेर बाटो भत्काउन लगाए, उनीहरुलाई उत्तेजित गरे सत्ता टिकाउन, गठबन्धन टिकाउन एमसीसी पारित गरे।'

यस्तै, ओलीले आफूहरुले संसदमा आफ्नो कुरा राख्न नपाएको गुनासो गरे । आफूहरुले पार्टीबाट निस्कासन गरेका सांसदहरुलाई सभामुखले पदीय दुरुपयोग गरेको ओलीको भनाइ छ।

सभामुखले एमालेको माग नजरअन्दाज गरे,' अरु पार्टीले कारवाही गरेका सांसदहरुलाई २४ घण्टा नबित्दै कारवाहीको सूचना निकाल्ने अनि एमालेले कारवाही गरेकाहरुलाई चाहिँ ननिकाल्ने ओलीको प्रश्न थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077