Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विकसित भएको राजनैतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने भएका छन् ।

एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा पत्रकार सम्मेलनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था,स्थानीय तहको चुनाव लगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको रिजालले बताए ।

यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077