काठमाडौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि ८० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
आयोगमा दर्ता १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिन आइतबारसम्म ८० पार्टीले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
आयोगले फागुन ५ गतेदेखि आइतबारसम्म दल दर्ताका लागि १० दिनको समय दिएको थियो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सिके राउतले नेतृत्व गरेको जनमत पार्टी दलहरुको सूचीमा पहिलो नम्बरमा छ ।
हेर्नूहोस् सूची :