Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो-'वैशाख १० गतेसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइ सक्नू'

काठमाडौं । आगामी वैशाख १० गतेसम्म सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइसक्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो ।

स्थानीय तहको निर्वाचनका लागि पूर्व तयारीमा रहेको आयोगले तयारीका कार्यक्रमहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।

आयोगले निर्वाचनसम्बन्धी भेला, आमसभा, र्‍याली र गोष्ठी तथा स्थानीय तहमा अन्य निकायबाट हुने तालीम, गोष्ठी, सेमिनार, बैठक, भेला, मतदाता नामावली अद्यावधिक कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077