Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चितवनमा बन्दको सामान्य प्रभाव: सार्वजनिक यातायात, बजार क्षेत्रका पसलहरु र विद्यालय सबै ठप्प

चितवन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ ।

आइतबार व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले साेमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दकर्ताले चितवनस्थित नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

बन्दका कारण मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दूरीका सार्वजनिक यातायात, मालबाहक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन ।

बैंक तथा वित्तिय संस्थाहरु एक/दुईवटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने केही कम सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077