Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बानेश्वरमा खुर्पा, भाटा र लाठीसहित सुरक्षाकर्मीमाथि जाइलागे आन्दोलनकारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेसँगै उनीहरुबीच झडप भएको हो । झडपपछि अहिले उक्त क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

एमसीसीविरुद्धको नारा लगाइरहेका उनीहरु संसद भवन अगाडिको निषेधित क्षेत्र क्रस गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् । उनीहरुको साथमा खुर्पा, भाटा, लट्ठीहरु रहेका छन्। अहिले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077