Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमसीसी पारित गर्ने प्रचण्डको निर्णयसँगै माओवादी कार्यकर्ताले रोके विरोध प्रदर्शन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्र्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेका छन्। साथै उनीहरु प्रदर्शनस्थल नयाँबानेश्वर क्षेत्रबाट निस्किएका छन् ।

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आन्दोलन गर्न छाडेका हुन्।

बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा सहभागी उनीहरुले एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइरहेका छन्।

अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। एमसीसीमाथि छलफल गर्न अबको केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077