Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमसीसीविरुद्ध माइतीघरमा बृहत् प्रदर्शन, बानेश्वरलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध काठमाडौँका उपत्यका प्रमुख चोकचोकमा विरोध प्रदर्शन भएको छ।

पछिल्लो समय निकै चर्चामा रहेको एमसीसी सम्झौताकोविरोध गर्दै आइतबार मध्यान्ह माइतीघर, नयाँ बानेश्वर र बिजुलीबजारमा बिभिन्न राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी उनीहरुले एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइरहेका छन्।

अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

संसद बैठक अहिले दिउँसो १ बजे बस्दैछ। आजै दुइटा बैठक बसेर एमसीसी अनुमोदन गर्ने सरकारको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077