Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकको इन्द्रावती बगरमा बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट इन्द्रावती बडहरेतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा शनिवार दुर्घटना भएको छ । शनिबार अपरान्ह ५ बजे बा २ ख ६५८८ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

इन्द्रावती गाउँपालिका–११, खोलाबगरस्थित भित्री कच्ची सडकको मोडमा ब्रेक नलाग्दा बस दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीजना गम्भीर भएकालाई धुलिखेल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ ।

अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077