Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले भन्यो- गठबन्धन रहेसम्म देउवासँग कुनै सहकार्य हुँदैन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग कुनै सहकार्य गर्न नसकिने स्पष्ट पारेको छ।

शुक्रबार एमाले प्रचारप्रसार उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जालमार्फत् गठबन्धनसँग कुनै सहकार्य गर्न नसकिने स्पष्ट परेका हुन् । यद्धपि रिजालले कांग्रेससँग सहकार्य हुने नहुने भन्नेबारे उनले केही उल्लेख गरेका छैनन्।

रिजालले फेसबुकमा लेखेका छन्, 'एउटा कुरा स्पष्ट छ- गठबन्धन रहेसम्म पॉच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा (एमाले) कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ ।'

[insert page='117486' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077