Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिनियाँ पुतलीको कथा सुनाउँदै ओलीले प्रश्न गरे- प्रचण्ड मान्छे हुन् कि पुतली ?

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कटाक्ष गर्दै 'पुतली'को एक चिनियाँ कथा सुनाएका छन् ।

शुक्रबार पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी अध्यक्ष प्रचण्डका कारण देशमा संकट उत्पन भएको बताए।

सम्बोधनमा पुतलीको चिनियाँ कथा सुनाउँदै अध्यक्ष ओलीले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए ।

ओलीले सुनाएको कथा यस्तो छ:

चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ। जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?

कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारमा बस्नेहरुलेनै सडकमा कार्यकर्ताहरुलाई पठाएर ढुंगा हान्न र सडक भत्काउन लगाएको बताए ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । यस्तै, अध्यक्ष ओलीले आफ्नो गाडीमाथि ढुंगा प्रहार गरिएको क्षण स्मरण गर्दै एमसीसी ल्याउनेलाई भन्दा एमसीसीमा चासै नराख्नेलाई ढुंगा हानेको बताए।

केहीदिनअघि भएको एमसीसीविरुद्धको प्रदर्शनका क्रममा ओलीलाई लक्षित गर्दै उनको गाडीमा ढुंगा प्रहार भएको थियो। यद्यपि उक्त प्रहारबाट कुनै क्षति भने भएको थिएन।

‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याउन निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली (थप्पडी) बजाउँछन्,’ ओलीले अघि भने।

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन । सम्झौतामा हस्ताक्षर गर्नेहरुलाई केही गर्दैनन्। म बाटोबाट हिड्छु, मलाई ढुंगा हान्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077