Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसी ल्याइपाउँ भन्दै निवेदन दिने झलनाथलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन्: ओली

कास्की । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलेनै सडकमा कार्यकर्ताहरुलाई पठाएर ढुंगा हान्न र सडक भत्काउन लगाएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । यस्तै, अध्यक्ष ओलीले आफ्नो गाडीमाथि ढुंगा प्रहार गरिएको क्षण स्मरण गर्दै एमसीसी ल्याउनेलाई भन्दा एमसीसीमा चासै नराख्नेलाई ढुंगा हानेको बताए।

केहीदिनअघि भएको एमसीसीविरुद्धको प्रदर्शनका क्रममा ओलीलाई लक्षित गर्दै उनको गाडीमा ढुंगा प्रहार भएको थियो। यद्यपि उक्त प्रहारबाट कुनै क्षति भने भएको थिएन। [insert page='116402' display='yopanipadhnuhos.php']

‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याउन निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली (थप्पडी) बजाउँछन्,' ओलीले अघि भने।

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन । सम्झौतामा हस्ताक्षर गर्नेहरुलाई केही गर्दैनन्। म बाटोबाट हिड्छु, मलाई ढुंगा हान्छन् ।

ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। दिउँसो करिब साँढे १२ बजेतिर पोखरा आइपुगेका ओलीलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले विमानस्थल स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077