Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, बानेश्वरलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै, संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार समेत लगाएको छ । आज बस्ने संसद बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ। यस घि हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा आएर आजका लागि स्थगित भएको थियो।

गत आइतबारको संसद बैठकमा एमसीसी टेबुल गरिएको थियो । एमसीसीविरुद्धको प्रदर्शनमा भएको झडपमा परी हिजो एक युवक गम्भीर घाइते समेत भएका छन्। उनको उपचार जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077