Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जाने भएका छन् । आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्न पोखरा जाने लागेका हुन् । ओली साढे १० बजे पोखरा गएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि उनीहरूलाई स्वागत गर्न अध्यक्ष ओली आफैं पोखरा जान लागेका हुन् ।

उनी आजै दिउँसो २ बजे काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077