Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जबरजस्ती एमसीसी पास गर्न खोजे सडकमा आगो बल्छ: झलनाथ खनाल

काठमाडौँ। सत्ता साझेधार दल नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनमा एमसीसीबारे कुनै सहमति नभएको बताएका छन् ।

संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने,'एमसीसीमा कहिल्यै सहमति भएको छैन, यथास्थितिमा एमसीसी पास गर्ने प्रयास भए सडक आन्दोलन तात्छ ।'

यस्तै, खनालले जबरजस्ती एमसीसी पास गराउन खोजे सडक तताउने चेतावनी समेत दिए ।

‘एमसीसीमा कहिल्यै सहमति हुँदैन । यसलाई पास गर्ने प्रयास भए सडक आवश्यकता बमोजिम तात्छ, तात्छमात्रै होइन, त्यो बल्छ पनि,’ नेता खनालले भने ।

खनाल एमसीसीको विपक्षमा उभिँदै आएका छन् । यता माधव नेपाल भने एमसीसीका केही बुँदाहरु संशोधन गरेर पास गर्नु पर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077