Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमसीसीविरुद्धको आन्दोलनमा संमयता अपनाउन विद्यार्थी नेताहरुलाई गृहमन्त्रीको फोन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाँणले बिहीबार बिहान सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।

पछिल्लो समय एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनहरु प्रदर्शन गर्दै आएका छन्। यसअघिका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान नै भएको थियो।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन आग्रह गर्दै फोन गरेका थिए । जवाफमा आफूले एमसीसीलाई रोक्नेतर्फ सरकारले भूमिका खेलोस् भनेको पराजुलीको भनाइ छ।

यसअघिको प्रदर्शनम प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

यता, आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने भएपछि संसद भवन वरपरको सुरक्षा बलियो बनाइएको प्रहरीले जनाएको छ। बैठक अबको केही बेरमा बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077