Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन-रुस तनाव: रुसी सुरक्षामा कुनै सम्झौता नहुने पुटिनको दावी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुनेमा जोड दिएका छन् ।

युक्रेनतर्फको सीमामा थप रुसी फौजहरू अघि बढिरहेको बताइएका बेला पुटिनले भिडिओ सम्बोधनमार्फत त्यसो भनेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले 'रुसी हमलाको सुरुवात' भन्दै मस्कोलाई चेतावनी दिएको केही घण्टामा पुटिनको भनाइ आएको हो।

पुटिनले रुस सधैँ 'सिधा र खुलस्त संवादका लागि खुला रहेको' बताए । तर, उनले सेनामा पूर्ण विश्वास रहेको कुरा समेत आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्।

पश्चिमा प्रतिक्रिया

पश्चिमा विश्वले रुसी स्वार्थविरूद्ध कयौँ प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरेको छ।

मस्कोले स्वतन्त्र राज्यको मान्यता दिएका स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।

रुसको माथिल्लो सदनले आफ्ना राष्ट्रपतिलाई पूर्वी युक्रेनका रुस-समर्थित् पृथकतावादी नियन्त्रित क्षेत्रमा सेना पठाउने अनुमति दिएपछि राष्ट्रपति बाइडन समेत बोलेका छन्।

बाइडनले भने, 'हामीले रुसी सरकारलाई पश्चिमा अर्थतन्त्रबाट विच्छेद गरेका छौँ।' पोप फ्रान्सिसले युक्रेनमा युद्धको त्रासले आफ्नो 'हृदयमा ठूलो पीडा' सिर्जना भएको बताएका छन्।

युक्रेनमा के भइरहेको छ?

यसैबिच युक्रेनको विदेश मन्त्रालयले आफ्ना सबै नागरिकलाई रुस छाड्न आग्रह गरेको छ।

युक्रेनी सेनाले एउटा घोषणामार्फत १८ देखि ६० वर्षबिचका जगेडामा रहेका आफ्ना अधिकृत तथा सिपाहीलाई तत्काल अधिकतम एक वर्षका लागि आउन आह्वान गरेको छ।

राष्ट्रपति पुटिनको आफ्ना सैनिकले त्यहाँ 'शान्ति कायम राख्ने' बताए पनि पश्चिमा विश्वले त्यसलाई 'बकवास' बनेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले 'शान्ति कायम राख्ने बिषयको विकृत धारणाले' आफू चिन्तित बनेको बताएका छन्। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077