Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

७१औं जन्मदिन मनाउँदै ओलीले भने- म फाँसी दिन माग गरिएको मान्छे हुँ, जनताको मायाले यहाँ छु

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताको असाधारण माया पाएको दाबी गरेका छन्।

बुधबार आफ्नो जन्मदिनको अवसरमा आफ्नै निवास बालकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, 'म फाँसी दिन माग गरिएको मान्छे हुँ । तर, जनताको मायाले गर्दा आज राज्य सञ्चालन गर्ने ठाउँमा छु।'

आजदेखि ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका ओलीले अघि भने, 'मैले जनताबाट असाधारण सहयोग पाएको छु, जनताको माया र सहयोगले जेलमुक्त भएँ, बिरामी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ।'

आफ्ना लागि जनता भगवान भएको ओलीको दाबी छ। 'जनता भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक लडाए भने पनि जीवन त सकिँदैन,' ओलीले भने।

यस्तै, फरक प्रसंगमा अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताए । ‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो,’ अध्यक्ष ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ ।’

केपी ओली बि.स २००८ साल फागुन ११  मा तेह्रथुम जिल्लाको आठराई तत्कालीन इवा गा.बि.स. सिम्लेमा जन्मिएका थिए । तर पछि उनको परिवार झापा बसाइ सरेको थियो । उनको आमा केपी सानै छँदा बितेकी थिइन् । उनलाई बुबा मोहनप्रसद ओलीले हुर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077